एक हप्तामा दुई उडान
असार । खोटाङका तीन विमानस्थलमध्ये दुई विमानस्थलमा नेपाल वायु सेवा निगमले सातामा दुई पटक उडान भर्ने भएको छ । न्यू भेरियन्ट सहितको कोरोना भाइरसको दोश्रो लहर नेपालमा भित्रिएपछि संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी लागू गरेको थियो । तर बन्दाबन्दि भएसँगै नेपाल वायुसेवा निगमको हवाई जहाजले मनमायाँ राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान भर्ने भएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारबाट सबैभन्दा नजिक पर्ने मनमायाँ राई खानीडाँडा विमानस्थलमा हप्ताको दुई पटक मंगलबार र शुक्रबार तथा जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थमा पनि हप्ताको दुई पटक बुधबार र शनिबार उडान भर्नेगरी वायुसेवा निगमले कार्यतालिका सार्वजनिक गरेको छ।
नियमित उडान हुने भएपछि जिल्लावासीमा खुशियाली छाएको छ । विमानस्थलमा नियमित उडान हुने भएपछि कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न विमानस्थलले जनस्वास्थ्यको मापदण्ड पुरी गरि विमानस्थल आउन समेत अनुरोध गरिएको खानीडाँडाका विमानस्थल प्रमुख सरोजसिंह चौधरिले बताउनुभयो ।
उता, जिल्लाको उत्तरी क्षेत्रको रावाबेँसी गाउँपालिका(३ मा पर्ने लामीडाँडा विमानस्थलमा भने हालै उडान नहुने विमानस्थल प्रमुख चौधरीले बताउनुभयो ।