News
काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप्ने तयारी
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थपेर केही क्षेत्र थप खुकुलो बनाउने प्रशासनको तयारी छ। उपत्यकाका तीन जिल्लाका सिडिओहरुले यसबारेमा आइतवार या सोमवारसम्म बैठक बसेर निर्णय गर्ने बताइएको छ ।
सार्वजनिक यातायात व्यवसायीहरुले दिएको दबाबलाई मध्यनजर गर्दै सार्वजनिक यातायातलाई थप खुकुलो बनाउने सिडिओहरुको तयारी छ । यसअघि निजी गाडीमा जोर(विजोर लागू गर्नुका साथै २५ सिटभन्दा माथिका सार्वजनिक गाडी चलाउने दिएका छन् ।
अब काठमाडौंबाट चल्ने लामो दूरीका बसहरुलाई पनि चलाउने तयारी गरिएको बताइएको छ। यसबारे औपचारिक निर्णय भने सोमबारसम्म मात्र हुने बताइको छ। पछिल्लो पटक गरिएको निषेधाज्ञा सोमबार साँझ सकिँदैछ।