News
साउदी अरबबाट आयो दुखद् खबर
काठमाडौं / साउदी अरबिया एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–४ डरौलका विन्देश्वर महरा रहेका छन् ।
उनको साउदीमा विहिवार राति उच्च रक्तचापको कारण मृत्यु भएको हो । स्वदेश फर्कने क्रममा रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि एक हप्ताअघि अस्पताल भर्ना गरिएको थियो ।
उनी तीन वर्ष पहिले साउदी पुगेका थिए । उनको शव स्वदेश ल्याउन साउदीस्थित नेपाली राजदुतावाससँग कुरा भएको र प्रक्रिया शुरु गरिएको परिवारले जनाएको छ ।