EntertainmentVideo

रमेश प्रसाईको मैथिली भाषाको गीत; एकछिनमै बन्यो भाइरल (भिडियो हेर्नुस)

सुनसरीको इनरुवामा सम्पूर्ण भाषा,संस्कृति र धर्मको उत्थान गर्ने हिसाबले झोटन मेहताको नेतृत्वमा बहुसँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। जुन कार्यक्रम विभिन्न हिसाबले बहुसांस्कृतिक क्षेत्रमा कार्यरत कलाकर्मी,राजनीतिज्ञ,पत्रकार तथा बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो। “यो एउटा हिमाल,पहाड र तराईलाई जोड्ने राष्ट्रिय अभियान हो यसमा हामी कोही पनि सानो या ठूलो छैनौं।सबै एक ढिक्कामा रहने यो सन्देशमुलक अभियान हो।

तराईमा हुने संस्कृति मनाउन पहाडकाहरू पनि जानुपर्ने छ,पहाडमा मनाइने संस्कृतिहरूमा तराईबाट पनि जानुपर्ने छ। त्यसैले म ज्यादै खुसी छु,”झोटन मेहताले भन्नुभयो। साथै उहाँले तराईको कार्यक्रममा आफूले थुप्रै पहाडी,हिमाली प्रदेशबाट दाजुभाइहरूलाई निमन्त्रणा गर्दा पहाड तथा हिमालमा मनाइने ल्होसार जस्ता पर्वहरूमा आफूलाई निमन्त्रणा नगर्दा दु’ख लागेको पनि गुनासो मेहताले गर्नुभयो।

गायक झोटन मेहताले राष्ट्रिय मैथिली गीतमा सम्पूर्ण कलाकारहरूको अभिनय रहेको छ। उहाँको यस अभियानलाई अहिले विभिन्न कलाकर्मी,बुद्धिजीवी,पत्रकार,राजनीतिकर्मी लगायतले साथ दिँदै आइरहनुभएको छ। बाँकी भिडियोमा हेर्नुस् :

Related Articles

Back to top button