Entertainment

निषेधाज्ञा खुकुलोसंगै बढ्यो मोडल अञ्जली अधिकारीको ब्यस्तता (फोटो फिचर सहित)

नेपालमा पछिल्लो केही महिना यता अत्याधिक बढेको कोरोना महामारीले उठ्न लागेको मनोरञ्जन उधोग फेरि थला पर्यो । यतिबेला सरकारले जारी गरेको निषेधाज्ञा त खुकुलो गर्यो तर कोरोनाको जोखिम भने अझै कायम नै छ । यसैबीचमा म्युजिक भिडियो छायांकनको कार्य भने धमाधम सुरु भएको छ ।

सुस्ताएको चलचित्र उधोग उठ्ने तरखर नभएपनि म्युजिक भिडियो उधोगले भने गति लिन थालेको छ । यसैक्रममा मोडल अञ्जली अधिकारीको ब्यस्तता बढेर गएको छ । केही महिना सुस्त रहेकि अधिकारी गएको केही दिनदेखि सामाजिक संजालमा दैनिक भएका म्युजिक भिडियो छायांकनको तस्विर सार्बजनिक गर्न सक्रिय छिन् ।

हुन त हिन्दु महिलाहरुको महान पर्वको रुपमा रहेको तीज आउन झन्डै २ महिना बढी छ । तर तिज विशेष म्युजिक भिडियो छायांकनसंगै सार्बजनिक गर्ने कार्य भने अहिलेबाटै सुरु भएको छ । अधिकारी पनि तीज गीतसंगै लोकगीतको भिडियोहरुमा ब्यस्त भएकी छन् । आजभोलि दैनिक छायांकनमा ब्यस्त उनको हालै छायांकन भएका केही भिडियो सार्बजनिक भैसके भने केही पोस्ट प्रोडक्सनमा छन् 

Related Articles

Back to top button