News

नायिका सुपुष्पा भट्टले गरिन् प्रेमीसँग बिबाह

काठमाडौं / नायिका सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कँडेलसँग लगन गाँठो कसेकी छिन्  । शुक्रवार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा यी जोडीले  विवाह गरेका हुन् l सामाजिक सन्जालमा  विवाह गरेको तस्विर सार्वजनिक गरेका सुपुष्पा र रौनकलाई सञ्जालमा शुभकामना दिनेको ओइरो लागेको छ ।

विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्तिको उपस्थिति रहेको थियो भने उनीहरु निकट केही फिल्मकर्मी पनि सहभागी थिए । ब्यापार ब्यवसाय साथै फिल्म निर्माता समेत रहेका रौनक र सुपुष्पा एक बर्ष देखी एक अर्काको प्रेममा थिए l

बैशाख १५ गते यी दुईको इन्गेजमेन्ट भएको थियो । फिल्म ‘रणवीर’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी भट्टले ‘छ माया छपक्कै’ ‘चपली हाइट ३’ लगायत केही सिनेमामा काम गरेकी छिन् l

   अन्य समाचार : नेपालीहरुको महान पर्व हरितालीका तीजका गीतहरु सार्वजनिक हुन थालेका छन । कतिपय कलाकारहरुले पुराना गीतहरुलाई पुन अपलोड गरेका छन भने कतिपयले नयाँ गीतनै सार्वजनिक गरेका छन।

विगतमा जस्तो यो बर्ष जेठमै तीजका गीतहरु सार्वजनिक नभए पनि असारको सुरुमा भने तीजका भाव र लय सहितका तिज गीत हरु अब डिजिटल बजारमा सार्वजनिक हुन लाएका छन। यसै क्रममा लोक प्रिय बाल गायिका कमला घिमिरिको यो बर्षको पहिलो तीज गीत सार्वजनिक भएको छ।

शुभारम्भ डिजिटलको निमार्णमा यो बर्ष पनि पुरानै टिमले गीत बनाएको छ । दाजु बैनिको कथालाई गीतले विषय बनाएको छ भने समग्र पक्ष निकै दमदार रहेको छ । गीतमा खेम सेञ्चुरी र कमला घिमिरेको आवाज रहेको छ।

भने नेत्र अर्यालले गीतको शब्द कोरेका छन भने खेम स्वयमले लय सिर्जना गरेका छन । गीतको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन ।

Related Articles

Back to top button