को’रोनाका कारण विवाह भएको १० दिनमै बेहुलीको मृ’त्यु भएको छ । विवाह गरी काठमाडौंको कपनबाट भक्तपुर गएकी एक युवतीको मृ’त्यु भएको हो ।
कपन घर भएकी श्रेष्ठ थरकी २२ बर्षिया युवतीको गएको बैशाख १२ गते विवाह भएको थियो । उहाँलाई विवाहको दिन नै को’रोना पुष्टी भएको पारिवारिक स्रोतले हेल्थपाटीलाई जानकारी दियो ।
विवाह भएको भाेलीपल्ट दुल्हन फर्काउन माइत गएकाे बेला स्वास्थ्यमा समस्या भएपछि उहाँलाई उपचारका लागि भक्तपुरमा रहेको को’रोना अस्पतालमा भर्ना गरिएको थियो ।
सोमबार को’रोना अस्पतालमा उहाँको उपचारकै क्रममा मृ’त्यु भएको एक जना आफन्तले जानकारी दिनुभयो । उहाँको माइतीतर्फका धेरैलाई को’रोना संक्र’मण भएको छ । विवाहमा होसियारी अपनाउन नसक्दा यो दु’र्घटना भएको ती आफन्तले बताउनुभयो ।