Video

कमला घिमिरेको तीज गीत सार्वजनिक ( भिडियो हेर्नुहोस् )

नेपालीहरुको महान पर्व हरितालीका तीजका गीतहरु सार्वजनिक हुन थालेका छन । कतिपय कलाकारहरुले पुराना गीतहरुलाई पुन अपलोड गरेका छन भने कतिपयले नयाँ गीतनै सार्वजनिक गरेका छन।

विगतमा जस्तो यो बर्ष जेठमै तीजका गीतहरु सार्वजनिक नभए पनि असारको सुरुमा भने तीजका भाव र लय सहितका तिज गीत हरु अब डिजिटल बजारमा सार्वजनिक हुन लाएका छन। यसै क्रममा लोक प्रिय बाल गायिका कमला घिमिरिको यो बर्षको पहिलो तीज गीत सार्वजनिक भएको छ।

शुभारम्भ डिजिटलको निमार्णमा यो बर्ष पनि पुरानै टिमले गीत बनाएको छ । दाजु बैनिको कथालाई गीतले विषय बनाएको छ भने समग्र पक्ष निकै दमदार रहेको छ । गीतमा खेम सेञ्चुरी र कमला घिमिरेको आवाज रहेको छ।

भने नेत्र अर्यालले गीतको शब्द कोरेका छन भने खेम स्वयमले लय सिर्जना गरेका छन । गीतको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन ।

भिडियो हेर्नुहोस्:

Related Articles

Back to top button