EntertainmentVideo

नरेश खाती र मेक्सम खातीको नयाँ गीत ‘छेकेर कहाँ छेकिन्छ माया सार्वजनिक (भिडियो)

गत वर्षको जेठ महिनामा बजारमा आएको ‘ माया मारेर ‘ बोलको गीत अहिलेपनि उत्तिकै चर्चामा छ । यहि गीतका गायक तथा शब्द र संगीतकार नरेश खाती लोक तथा दोहोरी क्षेत्रमा रुचाइएका र व्यस्त सर्जकमा पर्नुहुन्छ ।नरेश खातीसंगै जोडिएर आउने अर्को नाम हो मेक्सम खाती । आफ्नै सहोदर दाजुभाइ नरेश र मेक्समका थुप्रै गीतहरु बजारमा छन् ।उहाँका जतिपनि गीतहरु आएका छन् सबै गीतले दर्शक श्रोताको मन जितेका छन् । खातीद्वयको ‘मेरी छोरी’ बोलको गीतलाई पनि दर्शक श्रोताले अत्यधिक रुचाएको गीत हो ।

अहिले फेरि उनै दाजु भाइको नयाँ गीत सार्वजनिक भएको छ, मेक्सम खातीको आवाजमा रहेको ‘छेकेर कहाँ छेकिन्छ माया’ बोलको गीतमा नरेश खातिको शब्द रहेको छ भने पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका छन् । ए वन म्युजिसीयन रेकडिर्ङ स्डुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियो निर्देशन गायक खातीकै रहेको छ ।

रबिन पौडेल र रोहित पौडेलको छायांकन रहेको प्रेमिल गीतमा मेक्सम खाती र डिकु दाहालको दमदार अभिनय रहेको छ । मनोज कार्कीले भिडियो सम्पादन रहेको सो गीत मेक्सम नरेश अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Related Articles

Back to top button