News

दुई जिल्ला जोड्ने पूल बगायो बाढीले

गोरखा /मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएको छ ।  गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरेनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवतजावतमा समस्या भएको छ । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ ।

आवतजावत बन्द भएपछि तनहुँबाट गोरखातर्फ जानका लागि र गोरखाबाट तनहुँतर्फ आउनका लागि लामो बाटो हिँड्नु पर्ने बाध्यता छ । यसैगरी गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ मा रहेको ढुन्डुरे खोलामा आएको बाढीले मोटरेबल पुल जोखिममा परेको प्रहरीले जनाएको छ । त्यस्तै  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ।

बाढीको पूर्वसूचना आएसँगै मानिसहरु सुरक्षित स्थानतर्फ जानसक्ने भएकाले साइरन जडान गरिएको नगरपालिकाले जनाएको छ। साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम गर्न सकिने अपेक्षा गरिएको नगरप्रमुख डम्बर अर्यालले बताए।

यही असार १ गते मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो क्षति भएको छ

Related Articles

Back to top button