राजनिती
भ्रममा नपरौ भन्दै रामकुमारी झाँक्रीले लेखिन् यस्तो
काठमाडौं, १८ असार । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले शुक्रबारको लागि बोलाईएको एमालेको केन्द्रीय कमिटी बैठकलाई गुटको बैठकको संज्ञा दिएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।
उनले ट्विटरमार्फत यस्तो लेखेकी छिन्-“भ्रममा नपरौ! असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो।
हामीले उठाएका राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना उक्त बैठकमा सहभागी हुने कुरै आउँदैन। आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ।”