News

तनहुँमामा दुखद् खबर! पहिरोले घर पुरिदा २ जनाको मृ’त्यु, घाइतेको अवस्था कस्तो छ ?

काठमाडौ । तनहुँको बन्दीपुरमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। बन्दीपुर गाउँपालिका(३ तामुङमा पहिरोले घर पुरिँदा ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

गए राति पहिरोले घर पुरिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए। सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन्। पहिरोका कारण गाउँका अन्य चार घर जोखिममा परेका प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक छ। घर माथिबाट खसेको पहिरोले घर पुर्दा दुखद् घटना भएको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले जानकारी दिइन्। घटनास्थल जाने बाटो पनि पहिरोले अवरुद्ध भएका कारण आफूहरु हिँडेर घटनास्थल तर्फ गइरहेको उनले बताइन्। फाइल तस्बिर

Related Articles

Back to top button