नेपालमा आज अहिलेसम्मकै धेरै कोरोना संक्रमित , ५५ जनाको निधन
नेपालमा आज ७६६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने५५ जनाको ज्यान गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६१३१ जनाको पीसीआर परिक्षण भएको छ भने ५७१ जनाको एन्टीजेन परिक्षण भएको छ ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७५८७ र एन्टीजेन बिधि बाट ७३ जना गरि कुल ७६६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो
उता पाेखरा महानगर पालिकाका सबै वडामा नयाँ भेरियन्टकाे काेराेना संक्रमण फैलिएकाे छ । यसकाे पुष्टि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेकाे छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आजै जारी गरेकेा काेराेना भाइरस संक्रमण सम्बन्धि जानकारीमा पाेखराका सबै वडामा संक्रमण फैलिसेकेकाे देखिएकाे छ ।
स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार आज मात्र पाेखरामा १८० नया संक्रमित थपिएका छन् । आज १ बजे अघि आएकाे रिपाेर्टमा यति ठुलाे संख्यामा संक्रमण पुष्टि भएकाे हाे । आज रिपाेर्ट आएका संक्रमितहरु वडा १ देखि ३३ सम्म कै छन् ।
सबैभन्दा धेरै संक्रमित वडा नम्बर ८ मा फैलिएकाे छ भने १०, १७ , ५, ४ लगायतका वडामा पनि धेरैमा संक्रमण पुष्टी भएकाे छ ।सबै वडामा नयाँ भेरियन्ट पुगिसकेकाले सजक हुन र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन स्वास्थ्य निर्देशनालयले आग्रह गरेकाे छ ।
त्यस्तै काभ्रेपलाञ्चोक जिल्लामा एकै दिन उपचारका क्रममा रहेका ६ जना कोभिड संक्रमितको नि’धन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार संक्रमितहरुको उपचारका क्रममा नि’धन भएको हो । मंगलबार दिउसोसम्म नि’धन हुनेको संख्या ६ पुगेको हो ।
‘संक्रमण भएको थाहा नहुने तथा संक्रमण भए पछि धेरै समय घरमा नै बस्ने र अ’न्तिम अवस्था भए पति मात्रै अस्पताल आउने कारण उपचार नै शुरु नगरी संक्रमितहरुको नि’धन हुन थालेको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘संक्रमण बढ्दै जाँदा परिक्षणको दर कम हुने र उपचारका लागि आउन ढि’लाई हुँदा धेरै ब्यक्तिको नि’धन हुन थालेको छ ।’
को’भिड १९ बाट नि’धन हुनेहरुको शव नेपाली सेनाको टोलीले पशुपतिमा रहेको वि’द्युत्तिय श’वदा’ह गृहमा पु-याउँदै आएको छ ।दैनिक श’वहरु बढ्न थालेपछि विद्युत्तिय श’वदा’ह गृहमा सम्भव नहुने भएकाले जिल्लामै ब्यवस्थापनको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनु भयो ।
मंगलबार नि’धन हुनेहरुमा काभ्रेको पनौती घर भएकी ८० बर्षिय महिला हुनुुहन्छ भने मण्डनदेउपुर १ बालुवापटी घर भएका ७८ बर्षिय पुरुष हुनुहुन्छ । उहाँलाई उपचारका लागि भक्तपुर हुँदै काठमाडौका विभिन्न अस्पताल पु¥याए पनि उपचार गर्न अस्पतालहरुले नमाने पछि बैशाख २० गते सोमबार साँझ बनेपाको शिर मे’मोरियल अस्पताल ल्याईएको थियो ।
उपचारकै क्रममा उहाँको नि’धन भएको अस्पतालले जानकारी दिएको छ । उहाँ संक्रमित भई घरमै उपचारार्थ हुनुुहुन्थ्यो । त्यस्तै बनेपा घर भएका युवा ब्यवसायी अकस्मात भुईमा ढ’लेका कारण अस्पताल पु¥याईएको थियो । ह्द’यघा’तका कारण नि’धन भएको सोचेका परिवारहरुले उहाँमा को’भिड भएको भोलिपल्ट अर्थात मंगलबार मात्रै जानकारी पाए ।
बनेपा १ नाला टुकुचा घर भएकी ६२ बर्षिया महिलाको पनि को’भिडकै कारण मंगलबार अस्पताल ल्याउँदा ल्याउँदै नि’धन भएको छ । उहाँमा पनि कोभिड केहि दिन अघि देखिएको थियो ।भक्तपुर घर भएकी ६२ बर्षिय महिला, भक्तपुर ९ घर भएका ६७ बर्षिय पुरुषको पनि नि’धन भएको छ ।
नेपाली सेनाको का’लीजंग ग’ण धुलिखेलमा कार्यरत सह से’नानी विजयराम गिरीको कमाण्डमा श’व ब्यवस्थापन गरिएको ग’णपति क’र्णेल मिलन थापाले जानकारी दिनु भएको छ । श’व ब्यवस्थापनका लागि शव बाहन तथा त्यसको निरन्तर प्रयोगका लागि सं’कट सिर्जना हुँदै गएको छ ।
त्यस्तै बैशाख २० गते काठमाडौ जडिबुटी घर भएकी ७६ बर्षिया महिला र बनेपामा सुनचाँदी पसल गरी बसेका ३७ बर्षिय भारतिय नागरिकको को’भिडकै कारण निधन भए पछि नेपाली सेनाको का’ली जं’ग ग’णमा कार्यरत सह से’नानी प्रविन थापाको क’माण्डमा श’व ब्य’वस्थापन गरिएको छ । सेनाको टोलीले बैशाख १६ गते तीनवटा श’व राजधानी पु-याएको थियो । कर्णेल ग’णपति मिलन थापाका अनुसार बैशाख १६ गते धुलिखेलका ८२ बर्षिय जेष्ठ नागरिक, सिन्धुपाल्चोकका ३७ बर्षिय युवा र काभ्रेकै चौरी देउराली गाउँपालिकाका ७० बर्षिय जेष्ठ ना’गरिकको श’व सेनानी राजेश कार्कीको क’माण्डमा ब्यवस्थापन गरिएको छ ।
त्यस्तै बैशाख १९ गते ललितपुर धापाखेलका ६१ बर्षिय पुरुष, महोत्तरी जिल्ला जलेश्वर नगरपालिकाकी ५० बर्षिय महिला र ललितपुरकै इमाडोलका ५० बर्षिय पुरुषको श’व का’लीजंग गण धु’लिखेलका सह सेनानी ढलक मुक्तानको क’माण्डमा ब्यवस्थापन गरिएको कर्णेल मिलन थापाले जानकारी दिनु भयो । बनेपामै रहेको आ’गन्तुक होटलका संचालक हरि नेपालको उपचारको क्रममा काठमाडौको मेडिसिटी अस्पतालमा नि’धन भएको छ ।