International

अन्तर्राष्ट्रिय उडान तालिका हेर्नुहोस् , आजदेखि आन्तरिक उडान पनि खुला

काठमाडौँ / कोरोना महामारीका कारण रोकिएको आन्तरिक हवाई उडान आजदेखि सञ्चलानमा आएको छ ।कोरोना भाइरसको दोस्रो लहरपछि गत वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान ६९औँ दिनमा सञ्चालन आएको हो ।

मन्त्रिपरिषद्‌को असार ७ को निर्णयानुसार आन्तरिक उडानका लागि चारवटा वायुसेवाका दैनिक ६७ उडानलाई अनुमति दिइएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ । उडानका लागि बिहान साढे ६ देखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ ।

संक्रमणको जोखिम नटरेकाले जहाज कम्पनीलाई १० मिनेटको अन्तरालमा उडान गर्न, प्रत्येक उडानसँगै जहाज स्यानिटाइज गर्नु पर्ने, यात्रुको लगेजसमेत स्यानिटाइज गरी विगतका मापदण्डलाई पालना गर्न भनिएको छ ।

संक्रमण घट्दै गए तथा यात्रुको चाप बढेमा हाललाई दिइएको ५० प्रतिशत उडान अनुमति बढाउन सकिने सरकारी पक्षले जनाएको छ । यसैगरी  नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जुलाईदेखि सुरु हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ ।

एक महिनाका लागि प्रतिसाता २१ अन्तर्राष्ट्रिय उडान हुने गरी तालिका सार्वजनिक भएको हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र दक्षिण कोरियाका लागि निश्चित संख्या तोकेर नियमित उडान खुला गरेको हो ।

अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुवै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन् ।नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ ।

यस्तो छ तालिका

Related Articles

Back to top button