News

आजदेखि आन्तरिक उडान खुुला

निषेधाज्ञाको दुई महिनापछि बिहीबारदेखि आन्तरिक उडान शुरु हुँदैछ । नागरिक उडड्यन प्राधिकरणले दैनिक आठ वटा जहाजले ६४ वटा उडान गर्न अनुमति दिई उडान सञ्चालन गर्ने तयारी गरेको हो । यता, निषेधाज्ञा कायमै रहेको र कोरोना भाइरस (कोभिड–१९) संक्रमण रहेकाले त्रिभुवन विमानस्थलले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने तयारी समेत गरेको छ  ।

विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीका अनुसार यात्रुहरुले भौतिक दुरी कायम गर्नुपर्ने, भीड कम गर्न तीन सयजना बस्न मिल्ने गरी अस्थायी स्थानको व्यवस्था गरेको बताउनुभयो । प्रत्येक जहाज दश मिनेटमा उडान गर्नुपर्ने, एक पटक उडेपछि स्यानिटाइज अनिवार्य गर्नुपर्ने र यात्रुको लगेजसमेत स्यानिटाइज गरेर मात्र दिने गरी व्यवस्था मिलाइएको तिवारीले बताउनुभयो ।

बिहीबारबाट विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु हुनेछ । उडान भर्ने अनुमति दिइएका मध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान रहेको नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणले हवाइ कम्पनीहरुलाई निर्देशन दिएको छ ।

Related Articles

Back to top button