News

छत्र शाही र अस्मिता जुरेलीको रोपाई भिडियो भाइरल ( भिडियो हेर्नुहोस् )

काठमाडौं / नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् । तर, पछिल्ला वर्षहरूमा भने असार १५ लाई युवायुवतीहरूले ‘हिलो खेल्ने उत्सव’ को रूपमा सेलिब्रेट गर्न थालेका छन् ।

धान दिवसमा एउटा तस्वीर खुबै भाइरल भयो । तस्वीरमा दुई युवा-युवती हिलोमा डुबुल्की मार्दै रोमान्स गरिरहेजस्तो देखिन्छ । धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । यद्यपि, उनीहरू को हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन ।

तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’। केही समयअघि सन्ध्या तिवारीको अध्यक्षतामा ‘नेकपा एमाले’नाममा दर्ता गरिएको पार्टी (जसको अहिले नाम परिवर्तन) की सचिव पनि हुन् उनी । विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन् ।

Related Articles

Back to top button