News

पल शाहले अक्सिजन सिलिन्डरको अभाव कम गर्नका लागी गरे यस्तो राम्रो अभियानको सुरुवात –

अक्सिजन नपाएर अस्पताल मा समस्यामा परेकाहरूलाई सहयोग गर्ने हो। हामी अक्सिजन सिलिण्डर जम्मा गर्दैछौं।

बैशाख २१ काठमाडौं 
अभिनेता पल शाहले अक्सिजन सिलिण्डरको अभाव कम गर्नका लागि अभियान सुरूगर्ने बताएका छन्।

अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई २-३ दिनभित्रै सहयोग गरिने शाहले बताए। ‘अक्सिजन नपाएर अस्पताल मा समस्यामा परेकाहरूलाई सहयोग गर्ने हो। हामी अक्सिजन सिलिण्डर जम्मा गर्दैछौं।

अहिले अक्सिजनत पाइएको छ तर सिलिण्डर पाइएको छैन,’ उनले भने, ‘हामीले थन्किएका सिलिण्डर जम्मा गर्ने अनि किन्ने पनि योजना बनाएका छौं। केही साथीहरू र विभिन्न संघ-संस्था सँग मिलेर पैसा जम्मा गर्छौं अनि किन्ने हो ।’
केही सिलिण्डर किनिसके को भन्दै शाहले दुई तीन दिनदेखि नै वितरण सुरू गर्ने बताउ। अस्पतालहरूसँग समन्वय गरेर अक्सिजन सिलिण्डर वितरण गर्ने योजना रहेको उनको भनाइ छ।

यस्तै, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले को’रोनाको डरले घरमा जगेडा राखिएको अक्सिजन सिलिन्डर फिर्ता गर्न अपिल गरेका छन् ।
को’रोना संक्रमण भइहाले अक्सिजनले बचाउने भन्दै सर्व साधारणहरूले आफूसँग भएको अक्सिजन सिलिन्डर फिर्ता नगरे पछि अहिले अभाव देखिएको छ । अक्सिजनको सिलिन्डर व्यक्तिको घरमा, जलविद्युत आयोजनामा ठुला गाडीको वर्कसपमा र सुनका गरगहना बनाउने कारखानामा सिलिन्डर जगेडा रहेको अध्यक्ष बस्नेतले बताए ।

उनले भने, ‘सिलिन्डर घरमा राख्ने सबैले कम्पनीमा फिर्ता गरिदिनुस् । यसले मान्छेको ज्यान बचाउँछ । यो ठुलो दान गरे सरह हो । यस्तो बेला सिलिन्डर घरमा राख्नु भनेको अपराध हो ।
सिलिन्डरको अभावले कोही मान्छे छट्पटाएर मर्ने अवस्था आयो भने पाप गरे सरह हुन्छ ।’ यस्तै अध्यक्ष बस्नेतले ठुला ठुला जलविद्युत आयोजनामा पनि अक्सिजन सिलिन्डरको ठुलो भण्डारण रहेकोले फिर्ता ल्याउनुपर्ने बताए ।

 

Related Articles

Back to top button