News

ज्वाला संग्रौला दम्पतीका कीर्ते कागजात फेला

अभियन्ताका रुपमा चिनाउने ज्वाला संग्रौला दम्पतीको सरकारी कागजपत्र कीर्ते भेटिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।प्रहरी परिसर काठमाडौंका अनुसार हिरासतमा राखेर अनुसन्धानका क्रममा संग्रौला दम्पतीको सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको हो ।

हिरासतमा राखेर खनतलासी गर्दै जाँदा संग्रौलाबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागज भेटिएको थियो । त्यसपछि ती कागजपत्रलाई प्रमाणीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा फर्जी भेटिएको पाइएको जनाइएको छ ।

प्रहरी परिसर काठमाडौंका अनुसार हाल संग्रौलासँग पाँचथरको शैलुङ गाउँपालिकाबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र रहेको छ । जुन ४ असार २०७४ मा जारी भएको जन्मदर्तामा गाउँ विकास समिति उल्लेख छ । गाविस खारेज भएर गाउँपालिका भइसकेको अवस्थामा शंका लागेर गाउँपालिकालाई पत्र पठाउँदा संग्रौलाको जन्मदर्तामा हस्ताक्षर भएका सचिवले पनि त्यसबेला गाउँपालिकामा काम गरेको नदेखिएको अनुसन्धानमा खुलेको जनाइएको छ ।

Related Articles

Back to top button