News

बोलेरो जीप दुर्घटना : १ जनाको मृत्यु

फाइल तस्बिर

काठमाडौं, १६ असार । मकवानपुरको मनहरीमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने मनहरी गाउँपालिका वडा नम्वर–९ ज्यामिरेमा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडातर्फबाट मनहरी तर्फ जाँदै गरेको प्रदेश ३–०१–००२४ च १४३० नम्वरको कुखुरा बोकेको जीप दुर्घटनामा परेको हो ।

अन्य समाचार  – मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।

लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो ।

“पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका थिए, १२ चक्के गाडीले जबरजस्ती हालिदिएपछि लेदो माटोका कारण सवारी फस्यो,” उहाँले भन्नुभयो, “त्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ ।

”उक्त सवारी हटाउन जेसीभीका लागि सडक कार्यालयसँग समन्वय गर्न खोजे पनि सम्पर्क हुन नसकेपछि स्थानीय व्यक्तिको जेसीभी ल्याएर काम गर्न शुरु भएको उहाँले बताउनुभयो ।रासस

Related Articles

Back to top button