EntertainmentIntrestingVideo

दयाहाङ राईबारे कसैलाई थाहा नभएका अचम्मका कुराहरु हेर्नुहोस

पन्ध्र वर्षको अवधिमा उनले करिब चालीस फिल्ममा अभिनय गरिसकेका छन्।

काठमाडौँ | नेपाली चलचित्र क्षेत्रमा छुट्टै नाम र पहिचान बनाउन सफल नाम हो दयाहाङ राई, जसका हरेक फिल्महरु हेर्न दर्शकहरु पर्खेर बसेका हुन्छन | एउटा यस्तो पनि बेला थियो, जुन बखत दयाहाङ राईको नामले मात्र पनि दर्शकलाई हलसम्म डोहो¥याउँथ्यो । निसन्देहः रंगमञ्चको धरातलबाट आएका उनी नेपाली सिनेमाका उम्दा अभिनेता हुन् । चिम्सा आँखा, बटुलो अनुहार, खस्रो छाला, मझौला ज्यान अर्थात मंगोल वर्णका दयाहाङ भोजपुरको खावा गाउँमा जन्मिएका हुन्, २०३७ सालमा । झन्डै डेढ दशकअघि ‘अनागरिक’ फिल्मबाट सिनेमाको दुनियाँमा प्रवेश गरेका दयाहाङ राई रंगमञ्च पृष्ठभूमिबाट आएका अभिनेता हुन्।

पन्ध्र वर्षको अवधिमा उनले करिब चालीस फिल्ममा अभिनय गरिसकेका छन्। तीमध्ये ‘सेतो सूर्य’, ‘तान्द्रो’, ‘लुट’, ‘दासढुंगा’, ‘टलकजंग भर्सेस टुल्के’, ‘स्वाभिमान’, ‘कबड्डी’ शृंखलामा उनको अभिनयलाई विशेष मन पराइएको छ। साना-ठूला, सकारात्मक-नकारात्मक सबै खालका भूमिका निर्वाह गर्दै आएका उनी विगत एक दशकदेखि चर्चाको केन्द्रमा छन्। हेर्नुहोस –

 

Related Articles

Back to top button