News

कक्षा १२ को परीक्षा यसरी हुने

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा गर्ने तयारी थालेको छ। तर उक्त विषयमा सरकारले भने निर्णय गरेको छैन।

बोर्डले अहिले १२ कक्षाको वार्षिक परीक्षा १०० पूर्णाङ्कको लिखित लिनेगरी तयारी भइरहेको  बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए।

पछिल्लो समय कोरोना महामारीको संक्रमण न्यून बन्दै गएकाले पनि लिखित रुपमै परीक्षा सञ्चालन गर्ने तयारीमा बोर्ड रहेको छ।

अन्य समाचार / सिन्धुलीमा कमला नदीमा ठूलो बाढी आएको र अझै बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।

आज (बुधबार) बिहान ६ बजे सूचना जारी गरी विभागले भनेको छ, ‘सिन्धुलीस्थित कमला नदी रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाऔं।!

यो पनि पढ्नुहोस् । सवारी दुर्घटनामा कांग्रेस नेता चन्द्र भण्डारीका भाइको मृत्यु

काठमाडौं, असार १६ : कार दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. शंकर भण्डारीको निधन भएको छ  चरंगेबाट बुटवलतर्फ आउने क्रममा चरंगे खोलाको कल्भर्टमा बा १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परेको हो। सडकबाट कार खोलामा खसेपछि गुल्मीको छत्रकोट गाउँपालिका–१ निवासी ५२ वर्षीय भण्डारीको मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए।

घटनास्थलबाट तत्काल उद्धार गरी बुटवलको रामनगरस्थित गौतमबुद्ध मुटु अस्पतालमा पुर्‍याइए पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए।

मृतक भण्डारी कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ हुन्। काठमाडौं बस्दै आएका उनी बुवाको वर्ष दिनको कर्मका लागि अघिल्लो हप्ता मात्र बुटवल आएका थिए। उनी त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशकसमेत थिए।

 

Related Articles

Back to top button