News

कार दुर्घटनामा कांग्रेस नेता चन्द्र भण्डारीका भाइको मृत्यु

काठमाडौं, असार १६ : कार दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. शंकर भण्डारीको निधन भएको छ।

चरंगेबाट बुटवलतर्फ आउने क्रममा चरंगे खोलाको कल्भर्टमा बा १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परेको हो। सडकबाट कार खोलामा खसेपछि गुल्मीको छत्रकोट गाउँपालिका–१ निवासी ५२ वर्षीय भण्डारीको मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए।

घटनास्थलबाट तत्काल उद्धार गरी बुटवलको रामनगरस्थित गौतमबुद्ध मुटु अस्पतालमा पुर्‍याइए पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए।

मृतक भण्डारी कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ हुन्। काठमाडौं बस्दै आएका उनी बुवाको वर्ष दिनको कर्मका लागि अघिल्लो हप्ता मात्र बुटवल आएका थिए। उनी त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशकसमेत थिए।

 

Related Articles

Back to top button