अभियन्ता ज्वाला संग्रौलाले सरकारी छाप र लेटरप्याड कीर्ते गरेको भेटियो !
काठमाडौँ / आफूलाई अभियान्ता भनेर चिनाउँने ज्वाला संग्रौला (टिका) ले सरकारी छाप र लेटरप्याड कीर्ते गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले आफूमाथि कु’टपिट भएको भन्दै जाहेरी दिएपछि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइवालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
परिसरले उनीहरुमाथि कु’टपिट, अ’भद्र व्य’वहार तथा प्रहरीमाथि समेत हा’तपात गरेको अभियोगमा अनुसन्धान जारी राखेको छ । असार ११ गतेमात्रै तेस्रो पटक ५ दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान जारी छ ।अनुसन्धानकै क्रममा प्रहरीले अदालती प्रक्रियाका लागि उमेर पुगेको कागजपत्र भेरि’फिकेसन गर्दा ज्वाला संग्रौलाले पेश गरेका कागजातहरुमा उनले की’र्ते गरेको भेटिएको हो ।
महानगरीय प्रहरी परिसर टेकुले संग्रौलाको जन्मस्थान समेत रहेको पाँचथरको हिलिहाङ गाउँपालिकामा कागजात भेरिफिकेसनका लागि विवरणमाग्दा सरकारी छाप र लेटरप्याडको दु’रुपयोग गरेको भेटिएको हो ।‘प्रहरीबाट ज्वाला संग्रौलाको सत्य तथ्य विवरण खुलाई दिनु भन्ने प्राप्त पत्रानुसार हामीले उनको विवरण रुजु गरेका थियौं ।
तर प्रहरीमा पेश गरिएका कागजात उनले कीर्ते गरेको भेटिएको छ,’ गाउँपालिकाका प्रवक्ता मदन गौतमले भने ।उनका अनुसार हिलिहाङ गाउँपालिका वडा नम्बर ५ (साबिक सुभाङ गाविस्र) बाट ज्वाला संग्रौला (टीका) ले लिएको अ’विवाहिताको प्रमाणित सिफारिस र सोही मितिमा लिएको जन्मदर्ताको प्रमाणपत्रको कागजाल जा’लसाझ र की’र्ते गरिएको पाइएको छ ।
सोहि विषयमा प्रहरीलाई आफूहरुले पत्र लेखिसकेको र गाउँपालिकाले पनि सुचना जारी गरिसकेको गौतमले बताए ।संग्रौलाले प्रहरीमा पेश गरेका उक्त कागजात २०७४ असार ५ मा साविका साबिक सुभाङ गाविसको लेटर प्याडमा प्रमाणित गरिएका छन् ।तर त्यसको चार महिना अघि नै तत्कालिन गाविस संघिय संरचना अनुसार गाउँपालिका भैसकेको थियो ।
सं’घिय संरचना २०७३ साल चैत्र ३ गतेबाट साबिक सुभाङ गाविस ३ नम्बर वडा देखि ७ नम्बर वडा हालको हिलिहाङ ५ को वडा भईसकेको भन्ने व्य’वहोरासहितको पत्र परिसरमा पठाउने तयारी भइरहेको हो ।त्यतिमात्रै होइन । संग्रौलाले पेश गरेका कागजातलाई प्रमाणित गर्ने कर्मचारीहरु पनि उनले नक्कली ख’डा गरेकी छिन् ।
गौतमका अनुसार साविक गाविसमै रहेका कर्मचारीहरु अहिले पनि गाउँपालिकामा छन् । तर ती कर्मचारीको नाम तथा हस्ताक्षरबिनै अरु कसैको नाम हस्ताक्षर गरि ज्वालाले जा’लसाझी गर्दै कीर्ते काम गरेकी छिन् ।त्यो समय हुँदै नभएका उक्त समयमा स्थानीय पञ्जिकाधिकारी श्यामबाबुको हस्ताक्षर गरिएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले आफूहरुले गाउँपालिकालाई विवरण रुजु गर्न लेखि पठाएको र की’र्ते प्रमाणित भए कीर्ते र जालसाझीमा पनि मु’द्दा दायर हुने बताए ।गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले खुस्बुमाथि १६ जेठमा आ’क्र’म’ण गरेको थियो । प्रहरीले खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । तर सहमती भन्दा चर्का कुरा गर्न थालेपछि उनीहरुलाई हि’रासतमा पठाइएको थियो ।-श्रोत : पर्दाफास