News

कहिलेे खुल्छ देशभर सार्वजनिक यातायात ?

काठमाण्डाै / यातायात व्यवसायीहरूले देशभर नै सार्वजनिक गाडी खुलाउनुपर्ने माग राखेका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल यातायात मजदुर सङ्घले संयुक्त विज्ञप्ति निकालेर २५ सिटमाथिका गाडी मात्रै सञ्चालन गर्ने काठमाण्डौ उपत्यकाका जिल्ला प्रशासन कार्यालयको निर्णय अव्यावहारिक भएको बताएका छन् ।

यातायात क्षेत्रलाई पूर्णरूपमा खुल्न नदिने स्थानीय सरकारको निर्णय अव्यावहारिक भएको बताउँदै व्यवसायीले सरकारले आवश्यक निर्णय नगरे आउँदो १८ गतेदेखि सबै सार्वजनिक गाडी सडकमा निकाल्ने चेतावनी पनि दिएका छन् । आफूहरूले दिएको सुझावलाई बेवास्ता गरी सरकारले एकलौटी निर्णय गरेको व्यवसायीहरूले आरोप लगाएका छन् ।

यस्तै व्यवसायीहरूले २०६९ सालदेखि भाडामा समायोजन नभएको भन्दै भाडादरलाई पनि वैज्ञानिक बनाउन सरकारसँग माग गरेका छन् । उनीहरूले यातायात क्षेत्रका मजदुरका लागि कोरोना भाइरसविरुद्धको खोप दिने विषय प्राथमिकतामा राखी कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् ।

Related Articles

Back to top button