International

कतार प्रहरीमा कति हुन्छ तलब ? नेपालीहरु कसरी भर्ना हुने ? हेर्नुहोस

काठमाडौं । तपाई प्रहरीमा भर्ती हुन चाहीरहनुभएको छ र अवसर पाइरहनुभएको छैन भने तपाईका लागि खुशीको खबर छ । त्यो पनि कतार प्रहरीमा । अब निजी क्षेत्रमार्फत अब वैधानिक रूपमै नेपालीहरू कतार प्रहरीमा भर्ना हुन जान पाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको भर्ना प्रक्रियामा निजी क्षेत्रको संलग्नतालाई स्वीकार गरेसँगै कतार प्रहरीमा भर्ना हुन पाइने भएको हो ।

श्रम मन्त्रालयका अनुसार कतार नेपाली श्रमिकहरूको सबैभन्दा रोजाइमा पर्ने मुलुकमध्ये एकमा पर्छ। कतारले करिब १० हजार नेपाली नागरिकलाई आफ्नो प्रहरीमा भर्ना गर्न चाहेको विवरणका समाचार सार्वजनिक गरेको केही समयपछि आएको यो निर्णयले नेपालीहरुका लागि राम्रो अवसर सिर्जना गरेको छ ।

नेपालमा वैदेशिक रोजगारीका नाममा विदेश पठाउन भन्द्यै सक्रिय कतिपय म्यानपावर कम्पनीहरूले स्वीकृति नलिइकन आफूखुसी रकम उठाएर बदमासी गरेको भन्दै वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा हस्तक्षेप गरेपछि आएको यो निर्णयले धेरै नेपालीलाई राहात मिलेको छ । विभागले चैतमा सूचना नै प्रकाशित गरेर कतार प्रहरीमा भर्ना गरिदिने बहानामा ठगी हुनसक्ने भन्दै सचेत हुन सबैलाई आग्रह गरेको थियो।

तलब

कतार प्रहरीमा भर्ना हुनका लागि उमेरको हद १८ देखि ३५ वर्ष तोकिएको छ। ५ फिट ७ इन्च उचाइका पुरुषका लागि मात्र मागपत्र पेस भएको दूतावासले जनाएको छ। प्रहरीमा भर्ना भएर तालिम सकेपछि नेपालीहरूले मासिक ६ हजार कतारी रियाल अर्थात् करिब दुई लाख रुपैयाँ नेपाली तलब पाउने बताइएको छ।

कतारस्थित नेपाली राजदूत नारदनाथ भारद्वाज भन्छन्, “यो धेरै राम्रो अवसर हो। नेपाली अहिलेसम्म मजदुरका रूपमा मात्र काम गर्न आएकामा प्रहरीमा पनि काम गरेपछि नेपालीको छविमा पनि फरक पर्छ।”

श्रम मन्त्रालयका अनुसार कतार नेपाली श्रमिकहरूको सबैभन्दा रोजाइमा पर्ने मुलुकमध्ये एकमा पर्छ। नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२० मा भनिएको छ, “पुरुष युवा श्रमिकहरूमध्ये सन् २०१७/१८ मा मलेसिया र २०१८/१९ मा कतार बढी छनोटको गन्तव्य मुलुकका रूपमा रहेको थियो।” उक्त प्रतिवेदन अनुसार कतारमा हाल चार लाखभन्दा बढी नेपाली कामदारहरू रहेका छन्।

Related Articles

Back to top button