अब सरकारी अस्पतालबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार हुने
काठमाडौं । सरकारले अब सरकारी अस्पताल र प्रतिष्ठाबाट मात्रै कोरोनाभाइरस संक्रमितको उपचार निःशुल्क गर्ने जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार हुने जानकारी दिएको हो । यसअघि तोकिएका निजी अस्पतालबाट पनि कोरोना संक्रमितको निःशुल्क उपचार हुँदै आएको थियो ।
‘कोभिड–१९ को उपचारका लागि तोकिएको सरकारी तथा सरकारले सम्झौता गरेका सबै निजी अस्पातलहरु अब उपरान्त सरकारी अस्पतालहरु, स्वास्थ्य प्रतिष्ठानहरुलाई मात्रै कोरोनाको उपचारको अस्पतालको रुपमा तोकी सेवा प्रवाह व्यवस्था गर्ने व्यवस्था गरिएको छ,’ मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिम लेखिएको छ, ‘कोरोनाको उपचारका लागि सेवा सम्झौता भएका भएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना भई उपचाररत संक्रमितको असार १४ गतेको मितिले १० दिनसम्मको मात्रै सोधभर्ना उपलब्ध गराउने छ ।’