धान रोप्न कृष्ण कंडेल र कल्पना पुग्दा गरे नाच गान रमाईलो हिलो छ्यापाछ्याप शिर्ष नेताहरु समेत रमाए(भिडियो)
आज असार १५, अर्थात मानो रोपेर मुरी फलाउने यामको प्रमुख दिन । किसानहरु आज खेतमा व्यापक रमाइलोका साथ धान रोप्ने गर्दछन् । देशका विभिन्न भू-भागमा रोपाइँको चटारो बढेपनि रोपाइँको अर्को पाटो असारे भाका भने लोप हुँदै गइरहेको देखिन्छ । हिलो खेलेर असारे गीत गाउँदै घन्काइने असारे भाकाको नेपाली समाजमा छुट्टै स्थान छ ।
हिजोआज असारे भाका देशभर लोप हुँदै गइरहेको छ। कृर्षीमा आधुनिकीकरण बढिरहेको कारणले हो, वा किसानहरु केवल खेतीपातीको भरमा मात्रै पर्न छोडेकाले हो, यो परम्परागत लोकसंस्कृतीको जगेर्नामा पहिलेजस्तो मोह पाइँदैन ।
नेपालमा धान उत्पादन कृषकको मात्र होइन, समग्र राष्ट्रको जीवनमा पनि यागदान दिने बाली हो । धानको उत्पादन राम्रो भएमा देशको आर्थिक जीवन सबल बन्ने विषयलाई ध्यान दिँदै सरकारले विगत १५ बर्षदेखि आजको दिनलाई विशेष दिन अर्थात ‘धान रोपाई दिवस’ को रुपमा मनाउँदै आएको छ ।
यसै असार पन्ध्र अथवा आज लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र गायिका कल्पना दाहालले धान रोप्दै गरेको भिडियो सार्वजनिक भएको छ।कर्णालीका पूर्व सैनिक हुन् कृष्ण कँडेल । उनी राजधानी काठमाडौंमा समेत कलाकारितामार्फत चर्चित छन् । कला र गलाको माध्यमबाट राहत संकलन गरी हजारौं पीडित व्यक्तिको घाउमा मल्हम लगाइरहेका छन् कृष्ण कँडेल । सैनिक जीवन पूरा गरिसकेका कँडेल हाल देशविदेशमा चर्चाको शिखर चुमिरहेका छन् ।
२०२९ सालमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ लाटीकाँडामा जन्मेका कँडेल हाल कर्मभूमि संघीय राजधानीमा बस्दै आइरहेका छन् । सामाजिक अभियन्ता तथा लोककलाकर्मी कँडेल हाल इन्द्रेणी समाजका संस्थापक अध्यक्ष र इन्द्रेणी समाज काठमाडौंका संस्थापक व्यक्तित्वका रुपमा स्थापित भइसकेका छन् ।३ भाइ र ४ दिदीबहिनीमध्ये कृष्ण माइला हुन् । बाल्यकालदेखि नै लोक संस्कृतिप्रति रुचि राख्ने कृष्णले ५ कक्षादेखि नै कविता र गीतबाटै विद्यालयका कार्यक्रम तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्थे । रेडक्रस र स्काउटका तालिम समेत कृष्णले गीत, गजल र कविताबाट सञ्चालन गर्दा सबै अचम्मित हुने गरेको उनले सम्झिए ।
स्थानीय नेरा मावि बाबियाचौरमा एसएलसीसम्मको अध्ययनपछि आरआर क्याम्पस काठमाडौंैंमा अध्ययन गर्दैगर्दा २०४८ सालमा नेपाली सेनामा भर्ना भएका कँडेलले उच्च शिक्षा हासिल गर्न पाएनन् ।नेपाली सेनामा भर्ना भएलगत्तै रेडियो सैनिक कार्यक्रम सञ्चालन गर्ने अवसर पाएका कँडेलले १६ वर्ष नेपाली सेनामा सेवा गरे । सेवानिवृत्त भएलगत्तै माउन्टेन टेलिभिजनमा आवद्ध भएका कँडेलले सप्तरङ्गी इन्द्रेणीमार्फत नेपालको लोक संस्कृतिको संरक्षण सम्वद्र्धन गर्नमा योगदान पुर्याउँदै आएका छन् । उनले सयौं दिनदुःखीका लागि उपचार खर्च जुटाउनेजस्ता कार्यक्रम समेत सञ्चालन गर्छन् ।६ वर्षअघि एबीसी टेलिभिजनमा जोडिएका कँडेलले इन्द्रेणी समाज गठन गरी इन्द्रेणी कार्यक्रममार्फत नेपालको लोक कलासंस्कृति, सम्पदाको संरक्षण सम्वद्र्धन गर्ने मात्र नभइ ओझेलमा परेका पर्यटकीय स्थल, भाषाको संरक्षण सम्वद्र्धनमा समेत अमूल्य योगदान पुर्याउदै आएका छन् । (अब हेरौं उक्त भिडियो)