लगातार परेको बर्षाको कारण निकै ठुलो जनधनको क्षति हुन पुगेको छ। बर्षा संगै आएको बाढी,पहिरोले कयौनले ज्यान गुमाउनुका साथै हजारौ परिवार घरबार पुर्ण रुपमा बिस्तापित हुन पुगे। नदीहरुमा पानीको मात्रा बढेर त्यस वरपरका सयौ घर ढुवानमा परेका छन,भने खेति योग्य जमिनमा खोला हिडीरहेको छ। त्यसतै गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका-३ भाडँगाउ पनि बाढी,पहिरोबाच अछुतो रहन सकेन ।
यसै क्रममा बाढी पहिरोको चपेटामा परेका -१७ घर मध्ये ,सात घरमा पुर्ण रुपमा बिस्थापित भएका छन भने,दश घर उच्च जोखिमा परेका छन। उनीहरु लाई केही राहत होस दुखेको घाउमा मलाम लगाउने अभिप्रायले रामेछाप घर भइ हाल अमेरिका बसोबास गर्दै आउनु भएकी सुन्दरी खत्रीले अत्यावश्यक खाधान्न सामाग्री ,सीरक,डसन सहयोग गर्नु भएको छ ।
उक्त सहयोग हस्तान्तरण गर्न पत्रकार मोहन बस्नेत र सुमन पन्थीले वडा कार्यालयको समन्वयमा सहयोग पिडीत घर धुरी माझ पुर्याउनु भएको छ । बिस्थापित घर परिवार वडा कार्यालयको भवनमा बस्दै आउनु भएको अध्यक्ष थम्न बहादुर खत्रीले बताउनु भयो । यस बर्षमा आएको बर्षाको कारणलले धेरै परिवारले जनधन गुमाउनु परेको छ। आफ्ना आफन्तहरु पनि गुमाउनु पर्न अबस्था आएको छ।