News

हुम्लामा सडक खन्ने क्रममा स्काभेटर पु’रिँदा चालकको मृ’त्यु

हुम्लामा सडक खनिरहेको बेला पहिराेमा स्काभेटर पुरिँदा चालकको ‘मृत्य भएको छ । अदानचुली गाउँपालिका-५ को सेरामा सडक खन्ने क्रममा स्का’भेटर पु’रिँदा बर्दीया घर भएका २६ वर्षीय चालक सन्तोष थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले जानकारी दिए ।स्थानीय र प्रहरी मिलेर चालकको शव निकालिएको छ ।

अहिले श’व श्रीनगर स्वास्थ्य चौकीमा राखिएको छ । सोमबार बेलुका ६ बजेतिर सडक खन्ने क्रममा उक्त दुर्घटना भएको हो । स्काभेटरका सहचालक भने हा’म फा’लेर बाँचेका छन् । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट दुइ दिन लाग्ने डिएसपी शर्माले बताए ।

यो पनि कृषकलाई ट्र्याक्टर हस्तान्तरण
भरतपुर महानगरपालिकाले कृषकहरुलाई अनुदानमा ट्र्याक्टर वितरण गरेको छ । महानगरले कृषिको क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोग पु-याउन ५० प्रतिशत अनुदानमा ट्र्याक्टर उपलब्ध गराएको हो । महानगरले सोमबार छ वटा ट्र्याक्टर र एउटा हाते ट्र्याक्टर किसानलाई वितरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले एक कार्यक्रमका बीच किसानहरुलाई सामग्री हस्तान्तरण गर्नु भएको हो ।

महानगरमा परेका ४३ वटा आवेदनबाट छनोट गरेर १३ वटा फार्मलाई मागअनुसारको उपकरणमा सहयोग गरिएको हो । महानगर प्रमुख दाहालले महानगरपालिले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण र आधुनिकीकरणमा आफूहरुले जोड दिएको उल्लेख गर्दै दाहालले कृषिमा लागत घटाएर उत्पादन बढाउन निरन्तर खटिएको बताउनुभयो । महानगरमा पशुपालनमा पनि उच्च सम्भावना रहेकाले यो क्षेत्रमा लाग्ने किसानलाई हौसला प्रदान गर्न दूधमा प्रतिलिटर रु तीन अनुदान दिन थालिएको दाहालको भनाइ थियो ।

कार्यक्रममा महानगर उपप्रमुख ठकुरीले किसानलाई कृषि पेशाबाटै सबल बनाउने उद्देश्यसहित कृषि उपकरण वितरण गरिएको बताउनुभयो । कृषि प्रधान देशमा किसानहरु निराश बनेको र युवा पलायन हुने स्थिति आएकाले अब युवालाई यही कृषि कर्ममा सरिक बनाउन आफूहरु लागेको उहाँको भनाइ थियो । प्रति ट्र्याक्टर रु १६ लाख ५२ हजार लागत मूल्य रहेको र महानगले रु आठ लाख अनुदान सहयोग गरेको महानगरको कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले बताउनुभयो ।

Related Articles

Back to top button