HealthNews

दुवै डोज खोप लगाएकी जनप्रतिनिधि भण्डारीको कोरोनाका कारण निधन

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका कि एक जनप्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षिया तेजुमाया भण्डारी परियार रहेकी छन् । परियारको राति ११स्३० बजे मृत्यु भएको धौलागिरी अञ्चल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । वडा न ३ बाट निर्बाचित महिला सदस्य ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन ।

करिब एकहप्ता अघिदेखी बिरामी भएपनि १८ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको शिकार बनेकी उनले दुवै चरणको कोरोना विरुद्धको खोपसमेत लगाएको बताइएको छ । काठेखोला गाउँपालिका(३ धम्जा माइत भएकी उनले अन्तरजातिय विवाह गरेकी हुन्। भण्डारी नेकपा माओवादी केन्द्रबाट ताराखोला वडा नम्बर ३ बाट वार्ड सदस्य हुँदै कार्यपालिका सदस्य बनेकी थिइन्।

उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सदस्यसमेत हुन्। करिब एकहप्ता अघिदेखी बिरामी भएपनि १८ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । स्थानीय क्लिनिकबाट औषधि लिएर होम आइसोलेसन बसेका उनलाई श्वास प्रश्वासमा धेरै नै गाह्रो भएपछि मात्रै गाउँपालिकाको कोभिड अस्पताल लगिएको थियो ।

तेस्तै, भरतपुर अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु
भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् ।

अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

क्यान्सर अस्पतालले शुरु ग-यो कोभिड वार्ड

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । क्यान्सरको उपचार गर्न आउने बिरामी र काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएमा राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार हाललाई १५ शय्या तयार गरिएको छ । सोही ठाउँमा विस्तार गरेर २० शय्यासम्म पु¥याउन सकिने छ । देशैभरिबाट क्यान्सरका बिरामी आउने र उनीहरुमा कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिम रहने हुँदा वार्ड तयार गरिएको उहाँले बताउनुभयो । अस्पताल आउने बिरामी र कुरुवालाई अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था अस्पततालले गरेको छ ।

अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले कामको सिलसिलामा चिकित्सक कर्मचारीलाई सङ्क्रमण भए पनि सोही वार्डमा राखेर उपचार गर्ने व्यवस्थाा गरिएको बताउनुभयो । हाल अस्पतालमा कार्यरत १४ चिकित्सक कर्मचारीलाई सङ्क्रमण देखिएको छ । उनीहरु अधिकांश होमआइसोलेशनमा रहेका छन् । यससँगै जिल्लाको सरकारी भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा सङ्क्रमितको उपचार हुँदै आएको छ ।

Related Articles

Back to top button