सबै होइन यस्ता सार्वजनिक सवारी मात्र मंगलवारवाट सञ्चालन हुनेछन्
काठमाडौ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलवारवाट सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरे । तर सबै सार्वजनिक सवारी साधन भने संचालन हुँदैनन् । मंगलवारवाट २५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन मात्र संचालन हुन्छन् । जसलाई जोरबिजोरका आधारमा चलाउन पाइन् छ । कस्तो कडाई गर्ने भन्ने विषयमा अझै निर्णय भएको छैन । त्यसवारे थप छलफल गरेर निर्णय गरिने बताइएको छ ।
२५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन मंगलवारदेखि चल्न पाउने भएका छन् । ठूला बसहरूलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर भोलिदेखि जोरबिजोरको आधारमा चल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
२५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन भोलिदेखि जोरबिजोरका आधारमा स्वास्थ्य मापदण्ड अपनाएर चल्न दिने निर्णय भएको छ,ु पराजुलीले भने । काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरूको सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेका छन् । सोमवार बसेको प्रमुख जिल्ला अधिकारीकरुको औपचारीक बैठकले यस्तो निर्णय गरेको हो । एक साता थप गरिएको निषेधाज्ञामा पार्टीप्यालेस, जिमखानामा पहिले कै नियम लागु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार भिडभाड हुने क्षेत्र विद्यालय, पार्टीप्यालेसलगायतका क्षेत्र नखोल्ने निर्णय गरिएको जानकारी दिए । सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ। “कोरोनाभाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको छ,” ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालले भने। को भिड–१९ नियन्त्रणका लागि १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ। पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।