News

सपना रोका मगर सहित ‘हाम्रो टिम नेपाल’का युवाहरु प्रहरी नियन्त्रणमा

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले लामो समयदेखि सामाजिक कार्यमा सक्रिय ‘हाम्रो टिम नेपाल’ प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ ।

साथै, हाम्रो टिम नेपालका अध्यक्षसहित केही सदस्यहरुलाई पक्राउ गरिएको छ । अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटकपटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो ।

सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ । खाली गराउने क्रममा प्रहरीले हाम्रो टिम नेपालका अभियानी विमल पन्त लगायतका अभियानीहरुलाई नियन्त्रणमा लिएको छ ।

यो पनि पढौ: काठमाडौँ । विदेशमा बस्ने नेपालीले पठाएका सहयोग कलाकार नायक पल शाहले महोत्तरीको अति विपन्न मुसहर बस्तीमा पु¥याउनुभएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले संयुक्त अरब इमिरेट्सबाट पठाएका सहयोग कलाकार शाहले महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा पु¥याउनु भएको हो ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकभोकै बस्न बाध्य भएका सो बस्तीका १०० घर मुसहरले आइतबार कलाकार शाहबाट खाद्यान्न राहत पाएका हुन् । कलाकारले शाहले प्रतिपरिवार चामल २० किलोग्राम, दाल एक किलोग्राम, खानेतेल एक लिटर, नुन एक किलो, हातधुने साबुन–२ वटा, सेनिटाइजर तथा मास्कलगायत स्वास्थ्य सामग्रीसहितको राहत पोका उनीहरुलाई वितरण गर्नुभयो ।

दुबईमा बस्ने दाई आशिष पुरुषसहितका सहयोगी मनले महाव्याधिको चपेटामा परेर खानै मुश्कील परेकालाई तत्काल आँसु पुछी दिन गरेका अनुरोधसहितको सहयोग रकमबाट राहत वितरण गरिएको कलाकार शाहले स्पष्ट पार्नुभयो । भोकले स—साना नानी रुँदा नसुनेजस्तो गरेर मुण्टो फर्काउनु पर्ने अवस्था अब केही दिनलाई हराएको राहत पाउने मुसहरले बताएका छन् ।

“हामी भोकभोकै थियौं, नजिकका कोही आएनन्”, बस्तीकी मङ्गली सादा मुसहरले भन्नुभयो, “टाढाका भएपनि हिरो (नायक पल शाह) ले सम्झनु भएछ ।” अब त अवस्था दिनदिनै सामान्य बन्दै गएपछि काममा निस्कन पाउने आश बढेको उहाँको भनाइ छ ।

भरतपुरकै वासिन्दा वीरगञ्ज टेलिभिजनका प्रवन्धक दिपेश श्रेष्ठको समन्वयमा मुसहर बस्ती पुग्नु भएका कलाकार शाहले भोकाहरुको आँसु पुछ्न आपूm आइरहने र थप सहयोग जुटाउन पहल गरिरहने बताउनुभयो ।

Related Articles

Back to top button