लोक गायिका शान्ति श्री परियारको जीवन कहानीले सबैलाई रुवायो, गिट्टी बालुवा बोकेर गायिका बनिन (भिडियो हेर्नुहोस्)
काठमाडौं । प्रकाश सपुतको गीत ‘बोल मायाँ’ र ‘गलबन्दी’ कि गायिका शान्तिश्री परियार अहिले गीतको रेकर्डमा ब्यस्त छिन । लोकदोहरी गीतबाट आफ्नो गायकी जीवन आरम्भ गरेकी गायिका परियारले धेरै तीज गीतहरु पनि आवाज दिइसकेकी छन्, जसमध्ये धेरै तीज गीतहरु हिट भएको उनको दाबी छ । गायिका परियारले वि.सं. २०६८ सालमा एकल एल्बम ‘घर छ तीनतले’ लाई औपचारिक रुपमा सार्वजनिक गरेकी थिइन् । त्यसपछि २०७१ साल तिर ‘माछीलाई फुर्लुङ्ग’, ‘एकतर्फी माया’ लगायतका गीतहरु बजारमा ल्याएकी थिइन् ।
गायिका परियारले पहिलो पटक धेरै भावुक भएको गीत ‘बोल माया’ नै भएको बताएकी छन् । उनले भनिन्, ‘यो गीत गाउँदा म आफै पनि धेरै पटक भावुक भएकी थिँए । यो गीतका सबै शब्दहरु सेन्टिमेन्टल नै छन् । ‘स्वर्गको बाटो अप्ठ्यारो होला कसरी जाउला नि, एक मूठी पानी ख्वाउन नि पाइन तीर्खा पो लाउला नि’ यी सबै शब्द मार्मिक छन् ।’
‘त्यस्तै यो गीतको भिडियो पनि धेरै मार्मिक बनेको थियो ।’ उनले थपिन्, ‘ताल र सुर भनेको अर्को कुरा हो भने गीतको भाव भनेको अर्कै कुरा हो । गीतको भाव अनुसार शब्दमा डुबेर गाउने हो, र त्यसलाई मेल खाने भिडियो बनाउने हो ।’ सानै उमेरदेखि गीत गाउन रुचाउने गायिका परियारले भनिन्, ‘गीत गाउन मन पथ्र्यो । गाउँमा मैले गाएकी गीतले प्रसंशा पाउँथ्यो । त्यस्तै स–साना कार्र्यक्रमहरुमा गीत गाउँथे, प्रथम हुन्थे ।
त्यसरीनै विस्तारै सबैले चिन्न थाले र मेरो कन्फिडेन्ट पनि बढ्दै गयो । त्यसपछिगायिका बन्ने चाहाना बढ्दै गयो ।’ सोही गायिका बन्ने रहर बोकेर उनी २०६४ सालमा रोल्पाबाट काठमाडौं प्रवेश गरेकी बताउँदे भनिन्, ‘त्यतिखेर म १६ वर्षकी थिँए । सानै उमेरदेखि गरेको संघर्षका कारण अहिले म एक स्थापिक गायिका बन्न पुगेकी छु ।’
भिडियो हेर्नुहोस् :