बुहारी अर्कै केटासंग भागी भन्ने हल्ला फैलाएर……बास्तबिकता यस्तो रैछ।
काठमाडौ । महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुरा घर भएकी सुजिता ठाकुरलाई उनका श्रीमानको घरका परिवारले अर्कै केटासंग भागेको हल्ला चलाए । माइतीलाई पनि त्यही खबर पठाए । उनी गत जेठ महिनाको १९ गतेदेखि हराएकी थिइन् । तर २६ वर्षीया सुजिता ठाकुरको शव आफ्नै खेतमा गा डे को अवस्थामा फेला पर्यो । सुजिताको शव घरबाट एक किलोमिटरको दूरीमा रहेको आफ्नै खेतमा प्रहरीले पत्ता लगाएको हो ।
माइती पक्षले भने सुजिताको शव देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससूरा पतिराम ठाकुर सहित परिवारजनले लुकाएको आरोप लगाउँदै आएका थिए । सुजिताका सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि यस्तै बहिनीलाई सि ध्या इ दिने चेतावनी दिएका थिए । प्रहरी कार्यालयमा गएर मिलापत्र गरेर आएको हो । मेरो बहिनीलाई उनको देवर रुपेश ठाकुरले तकिया मु खमा कोचेर मा र्न खोजेको थियो ।
शिवम पाण्डेले भने ‘जेठ महिनाको १९ गते सुजिताको देवरले फोन गरेर सुजिताले झ ग डा गरेको छ तपाईँहरु आउनुस् लिएर लैजानुस् भने । फेरि एकैछिनमा फोन गरेर आउनु पर्दैन, सबै कुरा मिलिसक्यो भने । पछि २१ गते बहिनीको ससूराली भ्रमरापुर गएर बुझ्दा तपाईँको छोरी बहिनी अर्कैसँग गैसक्यो भनेर हामीलाई भनियो, हामीलाई विश्वास लागेन ।
बहिनीको कोठामा लगाइएको ताला फोडेर हामीले हेर्यौँ, त्यहाँ सामानहरु लत्ताकपडा, गरहना सबै छँदैथियो, तर बहिनी भागिन् भनेर भन्दा हामीमा अझ शंका पस्यो, तर हामीसँग खोज्ने बाहेक अन्य कुनै विकल्प पनि थिएन।’ अन्नपुर्णपोष्टमा समाचार छ