News

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

काठमार्डौ / मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही केही स्थानमा पानी पर्न सक्ने जानकारी दिएको छ । महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले दक्षिणी भू भागनजिक मनसुनी न्यून चापीय रेखा रहेको जनाएको छ । अहिले गण्डकी तथा प्रदेश १ का केही स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ ।

भोलि देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ । प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने छ । मंगलबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै बुधबार पनि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

Related Articles

Back to top button