News

सार्वजनिक यातायात जोरबिजोर गरेेर सञ्चालन गर्ने तयारी

काठमाडौं / काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने बारे सोमबार निर्णय हुने भएको छ । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने बारे छलफल गरेको छ ।

यसबारे निर्णय भने सोमबार गरिने भएको छ । यस्तै बैठकमा सार्वजनिक सवारी साधनमा जोरबिजोर लागु गर्नेबारे पनि छलफल भएको छ ।

छलफलमा २० सिट क्षमताभन्दा बढि क्षमता भएका सवारी साधनमा जोर बिजोर लागु गर्ने बारे छलफल भएको छ । यस बारे थप छलफल गरी निष्कर्षमा पुग्न बाकीँ रहेको जनाइएको छ ।

गत सातादेखि नीजि सवारीसाधन जोरबिजोर प्रणालीको आधारमा सञ्चालन भइरहेका छन् । उपत्यकामा कोरोनाभाइरसको संक्रमण घट्दै गएपछि यसको जोखिक अझै रहेको भन्दै फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको हो । जारी निषेधाज्ञा सोमबार राति सकिदैछ ।

Related Articles

Back to top button