EntertainmentVideo

‘एक चोटी विवाह गरेर पछुताई सकेकी छु, अब को मेरो लक्ष्य अर्कैछ’गायीका मधु क्षेत्रीको संघर्षको कथा हेर्नुहोस ( पुरा भिडियो )

काठमाडौ । महामारीका कारण अहिले नागरिकहरु सबै घरभित्रै बस्न बाध्य छन् । सबैलाई जिवन अलि असहज लागिरहेको थियो । यहि बेलामा नायीका मधु क्षेत्रीले एउटा गीत ल्याइन् । जुन निकै चर्चित बन्यो । आत्मियता बढाउन गरिने भेटघाट घातक हुने अवस्था आइलाग्यो । संक्रमण बढ्दै गएको अवस्थामा गतवर्ष भदौमा तीज आउँदै थियो । भाईरसको संक्रमणले तीज मनाउन पाइएको थिएन् ।

सोही समयमा बजारमा ल्याइएको थियो, ‘सोचे झैँ जिन्दगी रैनछ।’ यो गीतको सफलतासंगै चर्चामा आएकी छिन् गायीका मधु क्षेत्री पनि । कैलालीकी उनी सो गीतवाट निकै चर्चित भइन् । सांगीतीक क्षेत्रमा जम्नका लागि मधुले संघर्ष गर्न थालेको दशक बढि भईसकेको थियो । तर उनको जीवनमा ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको गीन भने टर्निङ प्वाइन्ट नै भयो । उनैले गाएका सो गीतका शब्द उनको जीवनमा पनि मिल्दो थिए । उनी सयौँ पटक लड्दै उठेकी छिन् ।

२०४७ सालमा कैलालीको चौमालामा जन्मिएकी क्षेत्रीको बाल्यकाल भने चौमालामै बित्यो । बाल्यकालदेखि नै ठाडी भाका, डेउडा गीत गाईरहन्थिन् उनी । तर उनी सफल हुन सकेकी थिइनन् । तर यो गीतले उनलाई धेरै माझ चिनायो । उनी जति चर्चित भइन् उनको जिवनको संघर्ष पनि उत्तिकै प्रेरणादायी छ । उनी एक्लै छोरी हुर्काएकी छन् । १५ वर्षकी छोरी छन् । वैवाहिक जिवन असफ भएपछि उनको संघर्ष सुरु भएको हो ।

Related Articles

Back to top button