रिना केसी र रेशम निर्दोषको “पुतली फुरुरु” मा बिना विश्वकर्माको उत्कृष्ट नृत्य (भिडियो सहित)
पछिल्लो समयको सांगीतिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक श्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक श्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित गायिका रिना केसी र रेशम निर्दोष को आवाजमा नयाँ रत्यौली गीत “पुतली फुरुरु” सार्वजनिक भएको छ।
भगेरी गीत बाट चर्चामा आउन सफल गायिका रिनाको केसीको भगेरीले नेपाली सांगेतिक बजारमा निकै उत्कृष्ट छाप पनी छोडेको छ। यसै बिच भखरै मात्रै सार्वजनिक भएको पुतली फुरुरु नामक गीत ले पनी छोटो समयमेै दर्शक श्रोताको माया राम्रै पाएको छ।
रमेश परियारको लय शब्द तथा निर्देशनमा तयार भएको सो गीतको म्युजिक भिडियो को छायांकन राजेश घिमिरेले गरेका छन भने गीतको इडिटिङ भने प्रकाश धमला ले गरेका छन ।
बिना बिश्वकर्मा अर्जुन गौतम र साथीहरुको उत्कृष्ट अभिनय रहेको छ उक्त गीतमा गीत निकै नै उत्कृष्ट बनेको छ हाम्रो तर्फबाट शुभकामना ।
भिडियो हेर्नुहोस्