News

सुनसरीमा भयो यति ठूलो दुर्घटना : एउटै हायसले पिकअप र मोटरसाइकललाई दियो ठ क्कर

काठमाडौ । सुनसरीमा एउटै हायस गाडीले मोटरसाइकल र पिकअप गाडीलाई ठ क्कर दिएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सुनसरीको कोशी गाउँपालिका ८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो । आइतबार विहान पौने ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरित दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई एकै पटक ठ क्कर दिएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह, मोटरसाइकलपछाडि सवार मोरङ विराटनगर ९ का ४५ बर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर ७ का ४० वर्षीइ अक्षयकुमार गुप्ताको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो। घइते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका १३ का ३५ बर्षीय विवस तामाङ र हायसको सहचालक सोही स्थान ११ का २५ वर्षीय नारायण बत्सयालको बिराट नर्सिङहोममा उपचार भइरहेको छ। दुर्घटना भएका तीनवटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ।

Related Articles

Back to top button