News

एउटालाई ठ’क्कर दिएर भागेको तेल ट्यांकरले फेरी अर्कोलाई हा’न्यो: २ बालिकाको मृत्यु

काठमाडौ । सप्तरीमा एक पटक दुर्घटना गराएर भागेको तेल ट्यांकरले दोस्रो दुर्घटना पनि गराउँदा घटनामा २ जनाको मृत्यु भएको छ । एउटै तेल ट्यांकरले सडकमा दुईवटा मोटरसाइकललाई ठ क्कर दिएको हो । एउटी बालिकालाई दुर्घटना गराएर भागेको ना ७ प ५४९५ नम्बरको ट्यांकरले अर्की बालिकालाई पनि ठ क्कर दिएको थियो । घटनामा दुवै बालिकाको निधन भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ सीतापुरमा ना ७ प ५४९५ नम्बरको ट्याङकरले सुरुमा स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठ क्कर दिएको थियो। सो मोटरसाइकलमा पछाडी बसेकी रुपनी गाउँपालिका ३ कटैयाकी ८ वर्षीया यशोधाकुमारी प्रमाणीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटना पछि भागेको ट्यांकरले २ किलोमिटर अगाडी चाँदनी चोकमा स११प २५८५ नम्बरको मोटरसाइकललाई ठ क्कर दिँदा मोटरसाइकलको पछाडी सवार कंचनरुप नगरपालिका ६ की ७ वर्षीया सुमैया प्रविणको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सुरुमा भएको दुर्घटनामा बालिकाकी आमा सुमनीदेवी र मामा कुसुमलाल घाइते भएका छन्। मामाले चलाएको मोटरसाइकलमा आमाछोरी बसेका थिए । घाइतेहरुको ठेलिया र युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि तेल ट्यांकर चालक फ रा र छन्। घटनापछि स्थानीयबासीले सडक अवरुद्ध गरेका छन्।

Related Articles

Back to top button