बन्द भएको चर्चित टेलिसिरियल ‘जुठे’ फेरि प्रसारण हुँदै, कहिलेबाट हेर्न पाइन्छ नयाँ भाग ?
काठमाडौं / चर्चित टेलिसिरियल ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ । सिरियल आउदो साताबाट प्रसारणमा आउँने बारे निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ ९बल्छी धुर्बे०ले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
जातीय विभेद र छुवाछुतको विषयलाई समेटी देखाइएको भन्दै विवादमा आएपछि सिरियल केही सातादेखि बन्द रहेको थियो । निषेधाज्ञा र दलित समुदायको विरोधका कारण बन्द रहेको सिरियल फेरि शुरु हुने कलाकार मरिचमानले बताएका छन् ।
उनले राष्ट्रियदलित आयोगमा आयोगका अध्यक्ष देबराज बिश्वकर्मासँग जुठेको विषयमा छलफल भएको बारे बताएका छन् । छलफल निकै सकारात्मक रहेको र आउँदा दिनहरुमा समाजमा रहेको छुवाछूत अनि मान्छे-मान्छे बिचको बिभेदलाई हटाउन जुठे कार्यक्रम एउटा राम्रो माध्यम बन्ने चाहाना पुरा गर्ने प्रतिबद्धता जनाइएको उनले बताएका छन् । उनले अर्को साता असार १६ मा भाग १४ लिएर आउँने पनि बताएका छन् ।
यस सिरियल हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ। यसमा मरिचमान श्रेष्ठ र राजु पौडेलको संयुक्त लेखन तथा निर्देशन रहेको छ। यसमा मरिचमान र राजुबाहेक रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।