रोचक खबर

सरस्वती प्रधानको घरमा ५ बर्ष बसेका पत्रकार भन्छन्- उहाँबाट जातिय विभेदको कल्पना पनि गर्न सक्दिन

काठमाडौं / सञ्चारकर्मी रूपा सुनार प्रकरणपछि घरबेटी सरस्वती प्रधानलाई भिलेनका रुपमा देखाउन खोजिएको छ । तर सुनार र प्रधानबीच भएको कुराकानीमा पनि जा’तीय वि’भेदको कुरा आएको छैन ।

उनले आफ्ना लागि कुनै समस्या नरहेको भए पनि घरमा भएकी सासुआमाका कारण स’मस्या उत्पन्न भएको उल्लेख गरेकी छन्। यो बीचमा करिब पाँच वर्ष सरस्वती प्रधानको घरमा बसेका एक जना पत्रकारले आफ्नो अनुभव सामाजिक सञ्जालमा सेयर गरेका छन् ।आफ्नो अनुभवका आधारमा पत्रकार अजय साह शिवालीले प्रधानमाथि लागेको जातीय विभेदको आरोपलाई इन्कार गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व सगरमाथा टेलिभिजनकर्मी एबम् अहिले अप्पन टिभीका सम्पादक रहेका उनले एक लामो स्टाटस राख्दै यस्तो बताएका हुन् । उनले लेखेको फेसबुक स्टाटस यस्तो रहेको छ । -“करिब पाँच वर्ष सरस्वती प्रधानको घरमा बसेको अनुभवका आधारमा भन्छु, उहाँले जा’तीय वि’भेद गरेको मेरो मनले मान्दैन ।

दुई दशकभन्दा बढी समयको काठमाडौं बसाइँका क्रममा विविध कारणले कोठा सर्ने क्रम चलि नै रह्यो । यस अवधिमा मैले ८ पटकसम्म कोठा परिवर्तन गरेँ । यसैक्रममा २०६८ तिर कोठा खोज्न म बबरमहलतिर पुगेँ ।कार्यथलो सगरमाथा टेलिभिजनको १-२ किलोमिटरको रेडियसमा कोठा खोज्ने अभियान थालियो ।

कोठा खोज्दै जाँदा सरस्वती प्रधानको घरमा पुगेँ । मिजासिलो स्वभावकी उहाँले मेरो जात र धर्म सोध्नु नै भएन, सहजै कोठा भाडामा दिनुभयो ।पाँच वर्षको बसाइँका क्रममा मैले सरस्वती प्रधान र उहाँको परिवारबाट कहिल्यै कुनै समस्या भोग्नु परेन, न त कुनै वि’भेदको आभाष भयो ।

बरु कुनै समस्या पर्दा प्रधान परिवारले भरथेग सहयोग नै गर्दथ्यो । अझ हुर्किदै गरेको मेरो छोरोको हेरविचारमा प्रधान परिवारको योगदान अतुलनीय र अविष्मरणीय छ । अब मुख्य कुरा, नेपालमा दलित जातिसँग मात्र होइन मुस्लिमसँग पनि छुवाछूत हुने गरेको छ । यद्यपि, अहिले दलित र मुस्लिमसँग हुने छुवाछूत व्यापक न्यूनीकरणतर्फ छ ।

यो कुरा सबैले महसुस गरेकै हुुनुपर्छ । सानो छँदा त दलित र मुस्लिमले छोएको नखानू सम्मका कुरा सुन्थेँ । यहाँ मुस्लिमको प्रसंग किन ल्याएको हो भन्दा सरस्वती प्रधानको घरको तल्लो फ्ल्याटमा तीन कोठामध्ये दुई वटा मैले लिएको थिएँ भने एउटा कोठा मुस्लिम समुदायका व्यक्तिलाई दिइएको थियो ।

तर, त्यहाँ बसुञ्जेल अर्को धर्मका व्यक्तिसँग कुनै किसिमको भेदभाव वा छुवाछूत व्यवहार नगरेकी सरस्वती प्रधानले आफ्नै धर्मकी रूपा सुनारलाई जातकै आधारमा कोठा नदिएको कुरा मेरो मनले मान्दैन । सार्वजनिक भएको अडियो सुन्दा रूपा सुनारलाई कोठा दिने कुरा सरस्वती प्रधानकी बुढीआमालाई मन नपरेको बुझियो ।

अब एउटी बुढीआमा अर्थात पुरानो पुस्तालाई ‘छुवाछूत व्यवहार नगर’ भनेर ज्ञान दिने आँट नेपालको संविधान, कानुन, समाज र परिवारसँग छ ? धेरै टाढा जानु परेन, हामीले आ-आफ्नै परिवारका पुरानो पुस्ताका सदस्यहरूको मान्यतालाई एकपटक स्मरण गरौं त ! उनीहरूको सोच कस्तो थियो, छ ?

के उनीहरूले वर्षौदेखिको जातीय विभेदयुक्त मान्यताहरू पूर्ण रूपमा छाडिसके ? त्यसैले, जातीय विभेद पुस्तान्तरणसँगै न्यूनीकरण हुने हो, रातारात होइन भन्ने कुरा हामीले बुझ्न सक्नुपर्छ । सकारात्मक कुरा के छ भने नयाँ पुस्तामा यस्तो सोच छैन, हुनुहुँदैन । यसलाई नै पहिलो र महत्वपूर्ण उपलब्धि मानेर समयसँगै हिडौं ।

Related Articles

Back to top button