हिमालय एयरलाइन्सले आज मलेसिया काठमाडौं उडान भर्दै
केहि महिनादेखि बन्द रहेको राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई उडान सुचारु भएको छ। सोही अनुरुप अन्तर्राष्ट्रिय हवाई उडान मलेसियादेखि काठमाडौंसम्मको लागि जुन २७ तारिखबाट उडान भर्ने तय भएको समय तालिका सार्वजनिक गरेको छ।
नेपाल सरकारबाट जुन ३० तारिख सम्मका लागि उडान तालिका सार्वजनिक गरिएको छ । जसअनुसार २४ जुनमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ भने २५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । सोहि दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ ।
२६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । यहि दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ ।
२८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ । कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने छ । सोहि दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने छ । फ्लाई दुबई दुबईबाट काठमाडौं आउने छ ।
ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने छ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका बनाइएको छ ।
२७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ यहि दिन हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर र दुबईमा एक/एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ । जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने गरि तालिका तय भएको छ । मलाय खबर