काठमाडौ । छोराछोरी दुवै बराबरी, यो राष्ट्रिय अभियान हो । सुन्दा निकै सुन्दर लाग्ने यो स्लोगन सबै अभिभावकका लागि भने राम्रो नलाग्ने रहेछ । एक बुवा जसले चार छोरी जन्मिए भनेर उनीहरुलाई अलपत्र पारेर विदेशमै हराएका छन् । टेक सिंह गुरुगं हराए पछि उनको श्रीमती चार छोरीको पालन पोषण गर्न निकै संघर्ष गर्दैछन् । परिवारको खुसीको लागि भन्दै उनले टेकसिंहलाई ऋण खोजेर कुवेत पठाएकी थिइन् । श्रीमानले आफु विदेश जाँदा लागेको ऋण त तिरेनन् उल्टै आफै हराए ।
उनले नै जन्मदिएका चार छोरी बुवाको पर्खाइमा आँखा आछ्याएर बसेका छन् । उनको श्रीमती पनि टेक सिंहको पर्खाइमा छन् । चार छोरी र उनको श्रीमती विचल्लीमा परेपछि उनलाई माइतीले सहारा दिएका छन् । माइतीको पनि राम्रो आर्थिक अवस्था राम्रो छैन । ससुरा र अमाजुले ऋण खोजेर टेक सिंहलाई पठाएका थिए । तर ऋण नतिरेपछि साहु आएर उनको श्रीमतीले पालेका बाख्रा खसी सबै लगिदिए । दुख गरेर कमाएको पैसा पनि साहु आएर मागेर लैजान्छन् ।
चार छोराछोरीको पेट पाल्न र उनीहरुलाई पढाउन नसक्ने उनको अवस्था छ । ज्वाई हराएपछि बहिनीलाई निकै दुख भयो भनेर उनको दिदीले खोजि थालिन् । एजेन्ट मार्फत उनले ज्वाई खोजी गर्दा उनले अरु युवतीलाई नै पैसा पठाउने गरेको थाहा भयो । प्रत्यक महिना घरमा पैसा पठाउँछु भन्थे तर उनले अर्कै युवतीलाई पठाउने गरेको थाहा पाएको बताइन् । उनीहरुले ज्वाईको क र्तु त थाहा पाउन दिदी नै फेक आइडी बनाएर ज्वाईसंग कुरा गर्न थालिन् । उनले श्रीमतीको दिदीलाई अरु नै युवती भनेर कुरा गर्न थाले । त्यसपछि को युवती को रहेछ भनेर खोजी थाले उनीहरुले युवती पत्ता लगाएपछि केटीलाई नै गएर भेटेको दिदीले बताएकी छन् ।
ज्वाईले पठाएको पैसा मध्य ५० हजार रुपैया युवतीसंग फिर्ता मागेको दिदीको भनाई छ । उनले युवतीलाई मेरो विवाह भएको छैन । एक जना दिदी मात्र हुनुहुन्छ उहाँको पनि विवाह भइसक्यो भनेर युवतीलाई झुट बोलेको थाहा भएको छ । उनलाई किन यस्तो गर्नुहुन्छ ? भनेर साथीले सम्झाउँदा छोरी मात्र छन् अब म उनीहरुलाई मतलब गर्दिन घर पनि जान्न भनेको पनि उनको दिदीले बताइन् ।