News

काठमाण्डौंमा ट्रक र मोटरसाइकल जुधे, नेबिसंघका एक नेताको मृ’त्यु

काठमाण्डौमा एक दुखद घटना भएको छ । यहाँ मोटरसाइकल र ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ । थापाथलीमा ट्रक र मोटरसाइकल जुध्दा एकजनाको मृत्यु भएको हो ।

थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश–०२–०२६ प ११८१ नम्बरको मोटरसाइकल एक आपसमा जुधेका थिए । घटनामा दोलखा घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते खड्काको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा रामेछापका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन् ।

घाइते खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । मृ त क खड्का नेपाल विद्यार्थी सङ्घका नेतासमेत हुन् । प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button