EntertainmentVideo

शान्ति श्रीले दिएको मायाको चिनो हेरेर भावुक बन्दै गायक कमल खनाल – भिडियो सहित

काठमाडौं पछिल्लो समयको सांगीतिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक श्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक श्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कुनै समय नेपाली लोकदोहोरीमा निकै चर्चा कमाउन सफल गायक तथा सर्जक कमल खनालको नयाँ गीत मायाले दिएको चिनो भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतमा खनाललाई आवाजमा लोकप्रिय गायिका शान्ति श्री परियारले साथ दिएकी छन् । खनाल आफ्नै लय तथा शब्द सिर्जना रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ ।

पछिल्लो समयका लोकप्रिय निर्देशक प्रकाश भट्टले गीतलाई कलात्मक निर्देशन गरेका छन् भने ओवी रायमाझी र गीता ढुङ्गानाले अभिनय गरेका छन् ।

गीतको पुरै भिडियो यस्तो छ –
भिडियो हेर्नुहोस्

Related Articles

Back to top button