–रिता आले मगर
१) यस्तो पनि हुने रैछ कठोर मन बल्ल थाहा पाए
पराइ भन्दा आफ्नाहरुकै झन बल्ल थाहा पाए
यो सोचेको थिए नारिको पिडालाई नारिले बुझ्छ
हुने रैछ नारी यहाँ नारिकै दुश्मन बल्ल थाहा पाए
………………………………………..
२) रुप हेरिन्छ यहाँ अनि “पहिरन“ हेरिन्छ
२१औ सताब्दी अरे जात “झन“ हेरिन्छ
धनिको घरमा कसरी पाइला हालौ साहेब
सुनेको छु प्रेम भन्दा पहिले “धन“ हेरिन्छ
………………………………………
३) नचाहेर नै सफरमा पाइलाहरु“मोडिदिए“मैले
उ सङगका सबै नाता सम्बन्ध“तोडिदिए“मैले
म धोकेबाज भए वा के भए भनिदिनुस न कोहि
उसको खुशिको लागि उसैलाई“छोडिदिए“मैले
………………………………………..
४) नमिठो वचनले मनमा पिर पार्न नपरोस्
घरदेखि वृद्धआश्रम बसाइ सार्न नपरोस्
अरु त जे जस्तो सुकै होस् मेरो जिन्दगी
आमाको आखाबाट आँसु झार्न नपरोस् ।