News

कक्षा ११ र १२ का विद्यार्थीलाई जरुरी सुचना ! असार २० गतेसम्म म्याद

कक्षा ११ र १२ का विद्यार्थीलाई जरुरी सुचना ! असार २० गतेसम्म म्याद

‌काठमाडौ‍, १२ असार । कक्षा ११ र कक्षा १२ को परीक्षाको फारम बुझाउने म्याद थपिएको छ। अब असार २० गतेसम्म दोब्बर दस्तुर सहित परीक्षा आवेदन बुझाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। स्कूलहरुले बोर्डका सम्बन्धित कार्यालयमा फाराम बुझाउन सक्नेछन।

२०७८ सालमा हुने कक्षा १२ को नियमितका साथै आशिंक र ग्रेड बृध्दिका साथै कक्षा ११ को परीक्षाको फारम र रजिष्ट्रेशन फारम बुझाउने मिति यसअघि चैत्र मसान्त सम्म रहेको थियो।

अन्य समाचार  :  प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नेपालको चुच्चे नक्सा अब कसैले पनि मेटाउन नसक्ने बताउनुभएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्नुहुदै प्रधानमन्त्री ओलीले इतिहासमै पछिल्लो समय सार्वजनिक गरिएको उक्त चुच्चे नक्साले अहिलेको अवस्थामा एउटा लय समाति सकेको र अब नक्साको बारेमा कता जाने, के गर्ने भन्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । नक्साको विषयमा अब छरपष्ट होइन, हामी कन्फुयूजनमा छैनौं, क्लियारिटीमा छौं, प्रधानमन्त्रीले बताउनुभयो ।

देशको परराष्ट्र एवम् अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा बताउनुहुदै प्रधानमन्त्री ओलीले नेपालले सबैसँग इमानदार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताउनुभयो । राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दा त्यहाँ न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई भुल्न नहुने र यसलाई छोडिएमा या त, अन्तराष्ट्रियवाद या त, संकीर्णवाद हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सार्क सम्मेलनलाई पनि जोड दिनुभएको छ । अहिले नेपाल यसको अध्यक्ष छ, हामी अधिवेशन गर्न चाहन्छौं, यदि अरुले गर्न सक्दैनन् भने हामी गर्छौ, उहाँले बताउनुभएको छ । भूगोलमा कुनैपनि देश ठूलो वा सानो भएपनि राष्ट्रियता सबै देशको समान हुने बताउनुहुदै नेपाल सधैं विश्व शान्तिको पक्षमा रहने र यही दृष्टिबाट देशको अन्तर्राष्ट्रिय नति निर्देशित हुने प्रष्ट पार्नुभयो । छिमेकी राष्ट्र भारतसँगका सीमासम्बन्धी लगायत अन्य समस्या समाधानका लागि गठित उच्चस्तरीय कार्यदल नेपाल भारत प्रबुद्ध समूह (ईपिजीं) सम्बन्धमा पनि दुवै पक्षबाट बुझनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको कार्यक्रममा बोल्नुहुदै समग्रमा विश्व शान्ति र मानव जातिविरुद्ध निर्माण हुने कुनैपनि हतियार र विस्फोटकजन्य निर्माणमा नेपालले सहमति जनाउन नहुने पनि बताउनुभएको छ । सोही अनुरुप नै सबैसँग मित्रता, कसैसँग छैन शत्रुता भन्ने परराष्ट्र नीति नेपालले लिएको उहाँको भनाई छ । छिमेकी सम्बन्धमा कुनै असमझदारीहरु छन् भने यसलाई हटाउदै सुदृढीकरण र सबलीकरण गर्दै अघि बढ्नुपर्ने विषयमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।

Related Articles

Back to top button