News

२ महिनापछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालनको तयारी

करिब दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनका लागि काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू सकारात्मक भएका छन् । असार १४ गते पछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ सम्बन्धित निकायहरुसँग छलफल र परामर्श सुरु गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी कल्पना घिमिरेले बताइन् ।

बिहीबार स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात मजदुर, यातायात व्यवसायी र प्रमुख जिल्ला अधिकारीहरू बिच यातायात सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो । छलफलका क्रममा व्यवसायीहरूले भने हवाई सेवा असार १७ गते देखि सञ्चालन हुने र पसल तथा बजारहरू समेत खुल्ला भएको भन्दै तत्काल सार्वजनिक यातायातलाई समेत सञ्चालन गर्नु पर्ने माग गरेका थिए । लामो तथा छोटो दुरीका यातायात सञ्चालन गरी अर्थतन्त्रलाई समेत बिस्तारै चलायमान बनाएर लैजानुको विकल्प नभएको व्यवसायीहरूको सुझाव छ ।

सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गरिदिन भन्दै व्यवसायीहरूले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविमान श्रेष्ठलाई ज्ञापन पत्र बुझाएर थिए । सचिव श्रेष्ठले सीसीएमसीको बैठकमा माग पत्रसहित मन्त्रालयका तर्फबाट प्रस्ताव लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Related Articles

Back to top button