मुख्य मन्त्री राईले मनाए आफ्नो जन्मदिन
१ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले लिच्चीको बिरुवा रोपेर आफ्नो जन्मदिन मनाएको छ । राईले आफ्नो जन्मदिनको अवसरमा फलफुल रोपेको तिस्विर फेसबुकमा राख्दै जन्मदिनबारे स्टाटस लेखेका छन् । गत बर्ष बाट आफ्नो जन्मउत्सवको अवसरमा बोट विरुवा रोप्ने कार्यलाई यो बर्ष पनि निरन्तरता दिएको स्टाटसमा लेखिएको छ ।
उनले लेखेका छन्” गत बर्षदेखि फलफुलको बिरुवा रोपेर जन्म दिन मनाउन शुरु गरेको कामलाई निरन्तरता दिएकोछु !! आज मैले मेरो जिवन संगिनीको साथमा आफ्नै निवासमा मिठो फलफुल लिच्चीको बिरुवा रोपेर जन्म दिन मनाएको छु ।
आजको दिन यस धर्तीमा पाइला टेकाउनु हुने पुजनीय आम्मा र आप्पाप्रति उच्च सम्मान प्रकट गर्दै सेवाढोग अर्पण गर्न चाहन्छु । अनि बिभिन्न माध्यमबाट शुभकामना र आर्शीबाद दिनुहुने आफन्तजन, मान्यजन, मित्रजन सबैमा धेरै धेरै धन्यबाद ब्यक्त गर्न चाहान्छु । स्टाटसमा लेखिएका छन् । उनले आफ्नो श्रीमती सँग निवासमै बिरुवा रोपेका छन् ।
यो पनि पढ्नुहोस् ।
काठमाडौं, असार ११। जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भागमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहनुका साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको हो ।
महाशाखाले आज देश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यसैगरी प्रदेश नं. १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ असार ११ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
राति : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
२०७८ असार १२ गते (शनिबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
राति : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
२०७८ असार १३ गते (आइतबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।